मैले अघि सारेको बृहत सिंचाई आयोजनामा तालहरु बनाएर आज कम्युनिष्टले राजनीति जोगाई रहेका छन् – दीपक गिरी

  पुष २७, २०७८

तुलसीपुर, पुस २५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले आँफूले अघि सारेको बृहत सिंचाई आयोजनाका कारण आज कम्युनिष्टहरुले केही तालहरु निर्माण गरेर राजनीति जोगाइ रहेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मा आइतबार आयोजित नेपाली काँग्रेसको वडा कार्यालय सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले आँफूले नौं महिने मन्त्री हुँदा गरेको आयोजनामा कम्युनिष्टले राजनीति गरिरहेको बताएका हुन ।

‘ मेरो यो भूगोल संग भावानात्मक सम्बन्ध छ र यहाँका किसानले स्याउला बोक्नुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यले मैले थालनी गरेको अभियान माथि नाचेर आज कम्युनिष्टहरुले केही ताल निर्माण भएको बिषयमा आफ्नो राजनीतिक नारा बनाएको देख्दा उदेग लाग्छ,’ नेता गिरीले भने ।

नेता गिरीले आँफूले जितेको भए अहिले सम्म बृहत सिंचाई परियोजना सफल भइसक्ने र जिल्लामा बाह्रै मास सिंचाईको प्रबन्ध हुने बाटो खुल्ला आधार तयार भइ सक्ने बताए ।
‘ किसानका खेतबारी बाढी बाट जोगाउन बबई लगाएत यहाँका खहरे खोलाहरुमा तटबन्ध निर्माण कस्ले गरेको हो,’ उनले अगाडि थपे ‘ यहाँका खोला नालामा निर्मांण भएका पुल पुलेसा कि खुमबहादुर दाइका पालामा भए कि मेरो पालामा भएका हुन । आज कम्युनिष्टले बीच बीचमा अलिअली कालो पत्रे सडक निर्माण गरेर जनताको आँखामा छारो हालिरहेका छन् ।’

नेता गिरीले आँफु मन्त्री हुनका लागि वा ठूलो मान्छे हुनका लागि राजनीतिमा नलागेको भन्दै ब्यबस्था परिवर्तन र जनताको हकहितलाई केन्द्रमा राखेर राजनीति लागेको दाबी गरे ।
उनले यतिखेर कम्युनिष्टकै कारण सदन बन्धक बनाउने खेल चलिरहेको भन्दै आलोचना गरे । संसदलाई बन्धक बनाउनेदेखि न्यायलयमा लफडा मच्चाउने सबै काम नेकपा एमालेले गर्दै आएको हुँदा देशबासी सजग रहुनु पर्ने उनले बताए ।
त्यस्तै उनले फरक प्रशंगमा पार्टी भित्रको आन्तरिक निर्वाचन सकिएको हुँदा अबको प्रतिपर्धा कम्युनिष्टहरु संग मात्रै हुने बताए ।
‘पार्टी भित्रको आन्तरिक प्रतिपर्धा सकिएको छ,’ उनले भने ‘ अब हाम्रो प्रतिष्पर्धा कम्युनिष्टहरु संग मात्रै बाँकी छ । हामी अब एक ढिक्का भएर जाने छौं।’
उनले आँफुले पार्टी भित्र कुनैपनि गुट उपगुट नभनी पार्टीको हितमा मात्रै कामगर्ने पनि स्पष्ट पारेका थिए ।
‘संधै भरि गुट भनेर पार्टीलाई हराउने खेलमा कोही लाग्छ भने उ इमान्दार काँग्रेस हैन,’ नेता गिरीले फरककोणसंग भने ‘ त्यस्तालाई सबैले चिनौं र सामुहिक बस्किार गरौं।’
कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस दाङ जिल्ला सभापति शंकरप्रशाद डाँगीले काँग्रेस बिना देशमा आम नागरिकका लागि न्याय स्थापित हुन नसक्ने बताए ।
देशका हरेक परिवर्तन र विकाशहरु नेपाली काँग्रेसकै पहलमा भएको भन्दै उनले कम्युनिष्टहरुको भरोना नगर्न आग्रह गरे । उनले अब आउने हरेक निर्वाचनमा जिल्लामा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरे ।

काँग्रेस वडा नं. १५ का सभापति सरोजकुमार धितालको अध्यक्षता र प्रमुख अतिथि केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला सभापति तथा बिशिष्ट अतिथि शंकरप्रशाद डाँगी, जिल्ला सचिव अर्जुनकुमार योगी, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजाल, ‘ख’का सभापति खिमबहादुर वली, तुलसीपुर नगरसभापति सुरेश हमाल, महिला नेतृ रेखा बस्नेत लगाएतका नेताहरुले सम्बोधन गरेको तुलसीपुर वडा नं. ५ का सहसचिव निर्मल खड्काले जानकारी दिए ।

नेपाली काँग्रेसका वडा नं. १५ को वडा कार्यालय निर्माणका लागि जग्गादाता टुकराम चौधरीले पनि मनतब्य ब्यक्त गरेका थिए । चौधरीले दान गरेको जग्गामा दुई कोठो पक्की वडा कार्यालय निर्माण गर्न थालिएको छ । नगरसभापतिको उम्मेदवार बन्नु भन्दा पहिले नै नगर सभापति सुरेश हमालले नगरका १९वटै वडामा पार्टीको वडा कार्यालय निर्माण गर्ने ऐजेण्डा अघि सारेका थिए । उनकै आग्रहमा चौधरीले वडा कार्यलय निर्माणको लागि लाखौं मूल्य पर्ने नीजि जग्गा पार्टीलाई दिएको भन्दै नेताहरुले चौधरीलाई धन्यबाद ज्ञापन गरेको वडा सहसचिव निर्मल खड्काले जानकारी दिए ।
कार्यक्रमको सहजिकरण बिरेन्द्र केसीले गरेका थिए ।

त्यसक्रममा तुलसीपुर १५ को वडा पार्टी कर्यालय भवन सिलन्यास केन्द्रीय सदस्य दीपक गिरी लगाएका नेताहरुले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर