पृथ्बी जयन्तिमा तुलसीपुरमा र्याली यालीसहित कोणसभा गर्ने तयारी

  पुष २५, २०७८

तुलसीपुर, पुस २५ । राष्ट्रपिता पृथ्बी नारायण शाहको जन्मजयन्तिका अबशरमा बिभिन्न संघ संस्थाहरुले मिलेर तुलसीपुरका कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

पुस २७ पर्ने ३००औं पृथ्बी जयन्तिका अवशरमा तुलसीपुरमा बिभिन्न झाँकी तथा जुलुशसहित ¥यालीको पनि अयोजना गर्न लागिएको विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष दिनेश जंग शाहले फरककोणलाई बताए ।

शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, पृथ्बी स्मृति प्रतिष्ठान, बैदिक धर्म परिषद, बीर गोरखाली र ब्राह्मन समाजले पृथ्बी जयन्तिको अवशरमा मिलेर स्मृति दिवस मनाउन थालेको बताएका छन् ।

¥याली त्रिशिद्धेश्वरी मन्दिर तुलसीपुरबाट पुस २७ गते बिहान ११ बजेपछि सुरु हुने जानकारी दिइएको छ । दिउँसो १ बजेतिर बजार परिक्रर्मा पछि बिपी चोकको सामुन्ने कोणसभा गरिने भएको छ ।

त्यस्तै सोही दिन बेलुका ६ बजेतिर बीरेन्द्र चोकमा दीप प्रज्वलन गरिने विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष दिनेश जंग शाहले फरककोणलाई बताए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर