भमकेखोलामा बलेरो जिप र मोटरसाईकल ठोकिदा तिन जना घाईते,तिनै जनाको कोहलपुर रिफर

  पुष २४, २०७८

  • तुलसीपुर, २४ पुस । तुलसीपुर हापुर सडक खण्डमा बलेरो जिप र मोटरसाईकल एक आपसमा ठोकिदा तिन जना घाईते भएका छन् । तुलसीपुर ८ भमके खोलामा पश्चिमबाट तुलसीपुर आउदै गरेको लु १ च ४९६७ नम्बरको बलेरो जिप र तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाईकल शनिवार दिउँसो साढे दुई बजे ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    घाईते हुनेमा गढवा ५ घरभई हाल एकता पोल्ट्रि बिल्डिङ प्रालिमा काम गर्ने ४१ बर्षिय राम जलन चौधरी, उहाका छोरा बर्ष ९का आर्जित चौधरी र नाति पर्ने राप्ती गाउँपालिका ५ बस्ने ३ बर्षिय आरुष चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घाईते मध्ये ३ बर्षिय बालकको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर