निजामती कर्मचारी युनियन बाँके अधिबेशन:कोषाध्यक्षमा रमेश रेग्मीको उम्मेदवारी

  पुष २४, २०७८

नेपालगन्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अधिबेशन आजबाट सुरु भएको छ ।

सर्बसम्मत अध्यक्ष चयन गर्ने भनेपनि सहमति हुन नसक्दा भोली निर्वाचन हुने भएको छ । अध्यक्षमा दुई जना कृष्ण उपाध्याय र उद्धव श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै  कोषाध्यक्षमा रमेश रेग्मीले उम्मेदवारी दिएका छन् ।

रेग्मी भेरी अञ्चल  यातायात  कार्यालयमा कार्यरत छन् । भोली हुने निर्वाचनमा आर्थिक पारदर्शिता, युनियनलाई आर्थिक हिसाबले मजबुत बनाउनको लागि रेग्मीले उम्मेदवारी दिएको बताएका छन् । भोली जिल्ला समन्वय समितिमा निर्वाचन हुँदैछ।

तपाईंको प्रतिक्रिया

थप खबर