एकै दिन दाङका १५ जनामा कोरोना पुष्टि

  पुष २२, २०७८

दाङमा आज आज एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र जिल्लाका विभिन्न पालिकामा गरिएको एन्टिजेन परिक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये २ जनाको पिसीआर परिक्षण गर्दा घोराहीका १ जनामा र २९ जनामा एन्टिजेन परिक्षण गर्दा तुलसीपुरका १४ जना संक्रमण देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच जिल्लामा आज सक्रिय संक्रमितको संख्या २० जना रहेको छ । उनीहरुमध्ये १ जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियू सहितको उपचारमा र अन्य १९ जना घरमै रहेको केन्द्रको भनाई छ ।।

तपाईंको प्रतिक्रिया

थप खबर