तुलसीपुरका दुई विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि

  पुष २२, २०७८

तुलसीपुर उपमहागरनपालिका दुई विद्यालयका शिक्षक र विद्यार्थीमा कोभिड संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका-८ स्थित आश्वरा माविका शिक्षक र विद्यार्थी गरी १२ जनामा देखिएको छ भने बुधबार परिक्षण गर्दा राप्ती बाल एकाडेमीका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

तुलसीपुरको मेट्रो अस्पतालमा तीन दिनको अन्तरालमा कोरोना संक्रमणको आशंकामा आरटी एन्टिजेन विधिबाट परीक्षण गर्दा शिक्षक र विद्यार्थीमा संक्रमण देखिएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमित विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोरोना परीक्षण भइरहेको समेत उनले बताए । त्यस्तै शिक्षक र विद्यार्थीमा संक्रमण पुष्टि भएपछि एक हप्ताको लागि अश्वारा माविको पठनपाठन बन्द गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर