राप्रपा प्रदेश १ को सदस्यमा राउत सर्वसहमत

  कार्तिक ३०, २०७८

[sharethis-inline-buttons]

कात्तिक ३० दमक/ राप्रपाको सोमबार भएको प्रदेश १ अधिबेशनबाट सुनसरी बराहक्षेत्रबाट राजनीति गर्दै आएका बिजय राउत सर्वसहमत प्रदेश सदस्य चयन भएको छन् । दमक स्थित कस्मिक पार्टी प्यालेसमा आइतबार र सोमबार भएको अधिबेशनबाट राम थापा निर्वाचन प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएको छन भने अन्य १४ जिल्लाबाट २८ जना प्रदेश सदस्यहरु सर्वसहमत चयन भएका छन् ।

प्रदेश सदस्य चयन भएका बिजय राउत बिगत २०६५ सालदेखि राप्रपा नेपाल हुँदै हाल प्रदेश सदस्य भएका हून। ०६५ सालमा सुनसरी जिल्ला महेन्द्रनगर गाबिस वडा नम्बर ५ साविक वडा अध्यक्षको पदमा बसेर राप्रपाको राजनीति सुरुवात गरेका राउत त्यसयता इकाई सह सचीव ,क्षेत्रीय सह सचीव तथा दुई कार्यकाल जिल्ला सदस्यमा रहेर काम गरिसकेका छन।

मिडिया नेपालको १ नम्बर प्रदेश अध्यक्षसमेत रहेका राउत, राजनीतिशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन?। राउत “राप्रपाले उठाएको एजेन्डाहरुले मात्रै मूलकलाइ समृद्ध बनाउन सक्ने र देशको बैकल्पिक शक्तिको रूपमा राष्ट्रको एकमात्र पार्टी राप्रपा रहेको बताउँछन् ।

तपाईंको प्रतिक्रिया