रोल्पामा भिरबाट लडेर १ वर्षमा २५ जनाको मृत्यु

  असोज १४, २०७८

असोज १४ राेल्पा / राेल्पामा भिरबाट लडेर मात्रै याे वर्ष २५ जनाकाे ज्यान गएकाे छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।

विभिन्न ठाउँमा भएका अलग/अलग घटनामा २५ जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेकाे छ।

ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएकाे छ । घाँस दाउरा र मेलापात गएकाहरूकाे समेत भिरबाट लडेर ज्यान जाने गरेकाे छ ।

तपाईंको प्रतिक्रिया

थप खबर