शिवालिक बचत सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न

  असोज १३, २०७८

असोज १३ तुलसीपुर / तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा बुधवार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सहकारी संयोजक टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको थियो ।

साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुम बहादुर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा शेयर सदस्य कुशल तर्तालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अबसरमा संस्थामा उत्कृष्ट वचतकर्ता र ऋणिहरुका तर्फबाट कृष्णलाल चौधरी र सुषमा डाङ्गीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको सहजिकरण संस्थाका सचिव तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर