काठमाडौंको पशुपतिमा साधुलाई खुकुरी प्रहार गर्ने, १२ जना नियन्त्रणमा

  असोज ११, २०७८

असोज ११ काठमाडौं / काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार विहान खुकुरी प्रहार भएको हो ।

घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन ।

घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर