दाङ प्रहरीले १ लाख ३५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

  असोज ०७, २०७८

(सागर थापा) दाङ / घोराही १४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारीसहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर