पहिरोमा पुरिएर गुल्मीमा एकै घरका ३ जनाको मृत्यु

  असोज ०६, २०७८

असोज ६ गुल्मी / पहिरोले घर पुरिँदा गुल्मीमा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु घरको एउटै कोठामा सुतेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । पहिरो हटाएर शव निकालिएको छ । तिलक परियार, उहाँकी श्रीमती र एक छोरी सुरक्षित रहेको पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर