बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु ३ घाइते

  असोज ०५, २०७८

असोज ५ बागलुङ / बागलुङको जैमिनी नगरपालिका ७ को जैदीमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य ३ जना घाइते भएका छन ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन । उनीहरुको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले बाताए ।

तपाईंको प्रतिक्रिया

थप खबर