क्रान्ति केसीको निर्देशनमा निता ढुंगाना अभिनित ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक

  असोज ०२, २०७८

[sharethis-inline-buttons]

असोज २ काठमाडौ / गीत संगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुराउने उदेश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले…’ बोलको भिडियो सार्वजनिक गरेको छ ।

‘सुसाइड’ एल्वमबाट लिइएको उक्त गित लोकदोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ ।

गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको अभिनय रहेको छ ।

भिडियोलाई अहिलेका चल्तीका निर्देशक क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन । अघिल्ला भिडियोहरुलाई दर्शक स्वर्ताले जसरि मन पराएका थिए र यो भिडियोलाई पनि मनपराउनेमा विश्वास निर्देशक क्रान्ति केसीले लिएका छन ।

तपाईंको प्रतिक्रिया