पछिल्नो २४ घण्टामा १ हजार ५ सय ५८ जनामा काेराेना पुष्टि, थप १० जना सङ्क्रमितकाे ज्यान गयो

  असोज ०१, २०७८

असोज १ काठमाण्डाै / बितेको २४ घण्टामा देशभर एक हजार पाँच सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरेकोमा एक हजार पाँच सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७१ हजार सात सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४६ हजार पाँच सय ६६ पुगेको छ । आज थप १० जना सङ्क्रमितकाे ज्यान गएकाे छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १२ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर