ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा तीजमा मात्रै १११ सवारी कार्वाही

  भदौ २७, २०७८

भदौ २७ तुलसीपुर / ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तीजको अवधिमा १ सय ११ सवारी कार्वाहीमा परेको बताएको छ । हिन्दु नारीहरुको महान चार्ड तीजको अवसरमा भदौको २२ गते देखि २६ गते सम्म १११ सवारी कार्वाहीमा पर्दा ६५ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताए । ३ दिनको अवधिमा सबै भन्दा धेरै मोटरसाईकल मात्रै ४१ वटा कार्वाहीमा परेको प्रमुख पुजाराले जानकारी दिए । त्यसैगरी बस ८ वटा, ट्रक १० वटा, जिपकार १६, टे«क्टर १० र २६ वटा टेम्पो कारर्वाहीमा परेको प्रमुख पुजाराको भनाई छ ।

तपाईंको प्रतिक्रिया

थप खबर