संखुवासभा सामूहिक हत्या आफन्तकै संलग्नता,भतिजा पक्राउ

  भदौ २६, २०७८

भदौ २६ संखुवासभा / मादी नगरपालिका–१, उमलिङका तेजबहादुर कार्कीको परिवाको सामूहिक हत्या परिवारकै आफन्तले गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्कीको परिवारको हत्या उनकै भतिज नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले गरेको खुलेको हो । लोकबहादुरको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हथौडा र रगतले लत्पतिएको कपडासमेत बरामद गरेको दाबी गरेको छ । उनको घर तेजबहादु कार्कीको घर नजिकै रहेको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धन अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।उनलाई आइतबार पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, दीपक कार्की र नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर