टेक्सीको ठक्करबाट घाइते रुद्रबहादुरको मृत्यु

  भदौ २६, २०७८

भदौ २६ तुलसीपुर । दाङमा टेक्सीको ठक्करबाट घाइते भएका रुद्रबहादुर खड्काको मृत्यु भएको छ । शान्तिनगर गाउँपालका वडा न २ बाघमारे बस्ने ४८ बर्षीय मोटरसाइकल चालक खड्काको कोहलपुरमा उपचारका क्रममा दिउँसो १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन।

उनीसंगै रहेका ६७ बर्षीय नरबहादुर वली भने उपचार भइरहेको छ । शनिबार विहान साढे ८ बजे बाघमारे देखि तीलवारी जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकललाई बाटो पारगर्ने क्रममा हापुरेदेखि तुलसीपुर तर्फ आउदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सीले शान्तिनगर ७ खैरेनीमा ठक्कर दिदा वली गम्भिर घाइते भएका थिए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर