पहिलोपटक पत्रकार महासंघ बाँकेमा राष्ट्रिय झण्डा र महासंघको झण्डा राखियो

  भदौ २६, २०७८

(सागर थापा) बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले पहिलोपटक नेपालको राष्ट्रिय झण्डा र पत्रकार महासंघको झण्डा कार्यालयमा राखेको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी ,कार्य समिति सदस्यहरुले कार्यालयको छतमा झण्डा राखेका छ्न । नेपाल पत्रकार महासंघ बाँकेले पछिल्लो समय कार्यालय रङरोगन श्रृंगार समेत गरेको छ । महासंघका सचिव कलम डाँगीले आफ्नो सामाजिक सञ्जालमा उक्त विषय उल्लेख गर्दै झण्डा स्थापना गरिएको तस्विर सार्वजनिक गरेको बाँकेका पत्रकार मिराज सल्मानीले जानकारी दिएका छन।

तपाईंको प्रतिक्रिया

थप खबर