तिला नदीले बगाउँदा जुम्लामा एक बालिका बेपत्ता

  भदौ २५, २०७८

भदौ २५ जुम्ला / जुम्लाको तिला नदीमा खसेर एक बालिका बेपत्ता भएकी छन । तीन दिनअघि गुठीचौर गाउँपालिका २ को चुच्चेबगर भन्ने ठाउँमा काठको सानो काठको पुल तर्दै गर्दा नदीमा खसेर गुठीचौर ३ का मानबहादुर बुढाकी छोरी नाै वर्षीया सुस्मिता बेपत्ता हुनुभएकाे प्रहरीले जानकारी दिएको छ ।

जङ्गलमा काठे ओखर टिप्न भनेर चार जना गएकामध्ये एक बालिका नदीमा पुल तर्ने क्रममा खसेर बेपत्ता भएकी हुन । गुठीचौर झारज्वाला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठका अनुसार गज्याङकोट, मणिसागु प्रहरी चौकी, अस्थायी प्रहरी पोस्ट गुठीचौर र स्थानीयवासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन ।

तपाईंको प्रतिक्रिया

थप खबर