दाङमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई खोप लगाईने

  भदौ २३, २०७८

२३,भदौ दाङ / दाङमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई खोप लगाईने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको आज(बुधबार) बसेको बैठकले परीक्षा दिने नियमित तथा आंसिक विद्यार्थीहरुलाई खोप दिने निर्णय गरेको हो ।

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ र राष्ट्रिय परीक्षा बोर्ड दाङको समन्वयमा यही भदौ २७ र २८ गते एस्ट्रोजेनिका खोप लगाईने दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

उनका अनुसार खोप लगाउनकालागि विद्यार्थीहरुले अनिवार्य रुपमा प्रवेश परीक्षा लिएर खोप केन्द्रमा जानुपर्नेछ । त्यस्तै यस अघि एस्ट्रोजेनिक खोप लगाउन छुटेका लक्षित समूहलाई पनि खोप दिइने भएको छ । साथै सोही खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोजको व्यबस्था गरिदिनकालागि सम्बन्धित निकायमा माग गर्ने समेत निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर