२२,भाद्र सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरमा रहेको अप्टिकल फाइबरको तार काटिएपछि कर्णाली प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा बन्द भएको छ । मङ्गलवार बिहान नेपाल टेलिकमको सबै सेवा बन्द भएको हो ।
मर्मतपछि एनटीसीको भ्वाइस सेवा सञ्चालनमा आएको भए पनि इन्टरनेट सेवा सञ्चालन हुन सकेको छैन । इन्टरनेट नचल्दा बैँक तथा वित्तीय संस्थाबाट काम गर्न कठिनाइ भएको छ । जसका कारण सेवाग्राही समस्यामा परेका छन ।
अहिले मर्मतको काम भइरहेकाले बेलुकासम्ममा सञ्चालनमा आउने नेपाल टेलिकम प्रादेशिक कार्यालय कर्णालीका प्राविधिक प्रमुख शिवराम खनालले जानकारी दिए ।