नागरिकको शान्ति सुरक्षा गर्नुनै प्रहरीको कर्तव्य हो प्रहरी निरीक्षक सापकोटा

  भदौ २२, २०७८

(सागर थापा) दाङ । वडा प्रहरी कार्यालय घोराहीमा सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिर्देश सापकोटाले नागरिकहरुको शान्ति सुरक्षानै प्रहरीको रक्षा गर्ने हो । घोराही क्षेत्रलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने बताउनु भएको छ । एबिसी संचार संगको कुराकानीमा प्रहरी निरीक्षक सापकोटाले अपराध गरेर अदालतबाट सजाय तोकेका फरार अपराधिको खोजतलास र पक्राउ गर्न तत्काल अगाडि बढ्ने बताउनु भएको छ ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक सापकोटाले समाजमा हुने गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै पनि कसर बाँकि नराख्ने बताए । सापकोटाले मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने वडा प्रहरी निरीक्षक सापकोटाले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर