दाङमा गयराती कारलाई बाढिले बगाउँदा ४ जनाको मृत्यु उद्घारमा एसपी:काफ्ले

  भदौ १७, २०७८

(सागर थापा) दाङ । गएराती पौने दश बजेकाे समयमा घाेराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाको बाढिले बगाएको हो । नेपालगंज बाट घाेराही जाँदै गरेकाे प्र ३ -०१-२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढिले बगाउँदा उनिहरुको मृत्यु भएको हो । कार चालक घोराही १५ निवासी वर्ष ४३ को नर बहादुर पुनलाई घटनास्थल देखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अबस्थामा दाङ प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ। उनको घोराहीमा उपचार भैरहेको छ ।

त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको छ । दाङको सिस्नेखोलामा आएको बाढीले बगाउँदा घाेराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसी बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको कमान्डमा बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर