अफगानिस्तानबाट उद्धार गरिएका आठ जना नेपाली स्वदेश फिर्ता

  भदौ १३, २०७८

काठमाडौँ । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको जनाउँदै सरकारले शनिबार त्यहाँबाट उद्धार गरिएका आठ जना दोहाबाट आज यहाँ आइपुगेको बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ७७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि उक्त मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर