केन्द्रमा जस्तै जालझेल गर्दै गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको दाबी

  जेठ २, २०७८

गण्डकी पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि सुटुक्क दाबी पेश गरेका छन् । उनको दाबीलाई आश्चर्यजनक रुपमा हेरिएको छ ।

उनले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । जसपा र जनमोर्चाको समर्थनमा दाबी पेश गरिएको गुरुङका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले बताए ।

यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर