सानिमा बैंकका कर्मचारीहरुको पि.सि.आर. रिपोर्ट नेगेटिभ

  भदौ १५, २०७७

सानिमा बैंक नौबिसे शाखाका कार्यरत दुई कर्मचारीहरु शदिप बिक्रम शाह र नेत्र बिष्टको हिजो भैसेपाटी ललितपुरमा रहेको मेडिसिटि हस्पिटलमा गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।

महादेवबेशीमा रहेको एक बैंकमा कार्यरत दुई कर्मचारीहरुमा कोरोना भाईरस पोजिटिभ देखिएपछी सानिमा बैंकले अग्रपंक्तीमा काम गर्ने तथा स्थानिय संग घुलमिल भई रहने आफ्ना दुई कर्मचारीहरुको पि.सि.आर. टेष्ट गराएको हो ।
पृथ्वी राजमार्गको अती जोखिम क्षेत्र मानिएको, कोरोना अती प्रभावित क्षेत्रका बासिन्दाहरुले कोठा भाडा लिएर बस्ने गरेका, होटल, मोटर ग्यारेज, पेटोल पम्पहरु जस्ता जोखिमयुक्त ब्यवसाय रहेको क्षेत्रमा रहेका ब्यक्तीहरुको पि.सि.आर. रिपोर्ट नेगेटिभ देखिनु सुखद रहेको स्थानियहरु बताउछन्।
समाचार सुखद रहेपनी जोखिम कम रहेको भन्ने भनाईसंग सहमत हुन नसकिने र एक दुई जनाको परिक्षणबाट सबै ढुक्क हुन नहुने जानकारहरु बताउछन् ।

साथै स्थानियहरुलाई सजग रहन तथा कोरोना नियन्त्रणको कदमहरु प्रभावकारी रुपले परिचालन गर्न स्थानिय सरकारलाई जानकारहरु सुझाब दिन्छन् ।

कोरोनाबाट बच्न आम नागरिकले के गर्ने, के नगर्ने

हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ ।

साबुन पानीले पटक–पटक हात धुने ।

अंकमाल नगर्ने ।

एक मिटर जति टाढा बस्ने ।

ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।

झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।

जंगली जनावरलाई नछुने । बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाने ।

भिडभाडमा नजाने ।

सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।

कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।

खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न जाने ।

तपाईंको प्रतिक्रिया

थप खबर