बलिउड अभिनेत्री ऐश्वया राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्विट गरेर ऐश्वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।
दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो। जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ।
यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ। अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् ।