पाकिस्तानका थप सात क्रिकेटरलाई कोरोना संक्रमण

  असार १०, २०७७

इङल्यान्डसँग ३ टेस्ट र ३ टी २० खेल्न जाने तयारीमा रहेका थप सात जना क्रिकेटरमा कोरोना संक्रमण पुष्टी भएको छ। यसअघि सोमवार तीनजना क्रिकेटरमा कोरोना पुस्टी भएको थियो। यो सँगै इङल्यान्ड टुरमा जाने तयारीमा रहेका पाकिस्तानी टिमबाट १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

यद्यपि कोरोना संक्रमण नपाइएका खेलाडीहरु इङल्याण्ड जाने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। अगस्टको सुरुमा पाकिस्तान र इङल्याण्डबीच तीन टेस्ट र तीन टी २० सिरिजको तयारी छ। इङल्याण्ड टुरका लागि पिसिबीले यसअघि २९ सदस्यीय टोलीको घोषणा गरेको थियो।

कोरोना संक्रमित खेलाडीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको पिसिबीले जनाएको छ। पाकिस्तानी खेलाडीहरुले अहिले छुट्टाछुट्टै सानो समूहमा अभ्यास गरिरहेको बताइएको छ। उनीहरुलाई २५ जुनमा कराँचीमा एकठाउँमा ल्याउने र सबैको पुन कोरोना परीक्षण गरेर २८ जुनमा म्याचेस्टर प्रस्थान गर्ने पिसिबीको योजना छ।

सोमबार हैदर अली, हरिस राउफ र शहाब खानमा कोरोना संक्रमण पुष्टी भएको थियो। त्यस्तै मंगलबार फकर जमान, इमरान खान, कासिफ भाट्टी, मोहम्मद हफेज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वाहव रियाजमा कोरोना संक्रमण पुष्टी भएको थियो।

पिसिबिका प्रमुख कार्यकारी वसिम खानले कोरोना संक्रमण नपाइएका खेलाडीहरु इङल्याण्ड जाने स्पस्ट पारेका छन्।

वर्डोमिटरको बुधबार बिहानसम्मको तथ्यांकमा पाकिस्तानमा १ लाख ८५ हजार भन्दामाथि कोरोना संक्रमित छन्। त्यस्तै कोरोनाका कारण ८ हजार १ सय भन्दा बढीको निधन भइसकेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर