बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

  असार ०८, २०७७

८ असार, काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा सोसिडाडलाई २–१ ले हराएको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।जितपछि शीर्ष स्थानमा उक्लिएको रियल मड्रिडको ३० खेलबाट ६५ अंक भएको छ ।

 रियलले बार्सिलोनासँग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थान बनाएको हो । शुक्रबार बार्सिलोनाले सेभिल्लासँग गोलरहित बराबरी खेलेँंसंगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर प्राप्त भएको हो ।

शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । सोसिडाड ४७ अंक सहित छैटाैं स्थानमा छ । रियाल मड्रिडका सर्जियो रामोसले नयाँ रेकर्ड समेत बनाएका छन् । उनी ला लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने पहिलो डिफेन्डर बनेका हुन् ।

रियल सोसिडाडसँगको खेलमा एक गोल गरेका रामोसले बार्सिलोनाका पूर्व खेलाडी रोनाल्ड कोइमनको रेकर्डलाई पछि पारेका हुन् । ला लिगामा रामोसले गोल संख्या ६८ पुर्‍याएका  छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर