आरडिटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर गएकी बालिकाको मृत्यु

  असार ०६, २०७७

६ असार, प्युठान । आरडीटी नेगेटिभ आएपछि घर गएकी ११ वर्षीया बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की बालिकाको शनिबार अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

जेठ २१ गते भारतबाट आएर सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेकी उनको असार ३ गते आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर गएकी उनी होम क्वारेन्टिनमै बस्दै आएकी थिइन् ।

उनी मिर्गौला र ब्लड क्यान्सरको बिरामी भएको सूचना अधिकारी पौडेलले बताए ।

बालिकाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुना परीक्षण गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यसको साथै नेपाल भर कोरोना सङ्क्रमितको संख्या ८६०५ पुगेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर