थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

  असार ०५, २०७७

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८२७४ पुगेको छ ।

शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४ सय २६ संक्रमित थपिएको पुष्टि गरे ।

यस्तै, निको हुनेको संख्या १ हजार ४०२ रहेको छ भने हालसम्म २२ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर