४ असोज । शनिवार र पनि सार्वजनिक बिदा पनि केही विद्यालयहरू सञ्चालन भएका छन् । शिक्षक आन्दोलन तथा जेनजी आन्दोलनका कारण पठनपाठन गर्न र विद्यालयका नियमित क्रियाकलाप प्रभावित भएपछि बिदामा पनि विद्यालय सञ्चालन गरिएको हो ।
गुल्मीको सत्यवती गाउँपालिका भित्रका विद्यालयहरू असोज ३ गते संविधान दिवस, ४ गते शनिवार र ६ गते घटस्थापनाका दिन पनि विद्यालय सञ्चालन हुने भएका छन् । यसैगरी काठमाडौँ उपत्यका भित्र रहेका विद्यालयहरू पनि सार्वजनिक बिदा तथा शनिवार पनि सञ्चालन गरिएको छ ।
जेनजी आन्दोलनका कारण विद्यालयले लिने परीक्षा र अन्य क्रियाकलापमा असर परेपछि बिदामा पनि विद्यालय सञ्चालन गर्न बाध्य भएको विद्यालयहरूको भनाई छ । असोज ३ गतेको संविधान दिवस, ४ गतेको शनिवार र ६ गतेको घटस्थापनाका दिनमा पनि विद्यालय सञ्चालन हुने जनाएका छन् ।
साथै गुल्मीको सत्यवती गाउँपालिकाले गत वैशाखमा शिक्षक महासङ्घको नेतृत्वमा भएको शैक्षिक आन्दोलनको क्रममा विद्यालयहरू बन्द भएको र शिक्षण सिकाइमा भएको क्षति आपूरण गर्न विद्यालय सञ्चालन हुने जनाएको छ ।





