१५ जेठ, मरन्ठाना – प्युठान नगरपालिका ९, मरन्ठाना पिपलबोटमा संचालित सिर्जनशिलतारा इङलिस बोर्डिङ स्कुलमा शिक्षकको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययापन गर्ने शिक्षकहरुको क्षमता विकासमा सहयोग पुर्याउने र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो ।
तालिम कार्यक्रमका मुख्य प्रशिक्षक राप्ती इन्जिनियरिङ कलेजका उपप्राध्यापक थम्मन बस्नेत पाठ्योजना निर्माण सम्बन्धमा, विद्यार्थीहरुको प्रगति विवरण तयार गर्ने सम्बन्धमा, गृहकार्यको लागत तयार गर्ने सम्बन्धमा, दैनिक शैक्षिक क्रियाकलापमा कक्षा व्यवस्थापन गर्ने, समय व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिनु भयो । त्यसैगरी राप्ती इन्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबनध निर्देशक डा. भीमसेन गरीले प्रभावकारी शिक्षण सिकाइमा शिक्षकको भूमिका विषयमा प्रशिक्षण दिनु भयो ।
सिर्जनशील तारा इङलिस बोर्डिङ स्कुल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले व्यवसायिक सिप, कार्यवातावरण कार्यशैली, प्रविधिमैत्री शिक्षण सिकाई, संस्थागत व्यावहार र आचरण साथै सत्कार व्यवस्थापनका बारेमा प्रशिक्षण दिनु भयो ।
राप्ती इन्जिनियरिङ कलेजका प्रिन्सिपल एवं यस विद्यालयका व्यवस्थापक निर्देशक रेशम गिरीले शिक्षकहरुलाई विद्यार्थीका पढाइ लेखाईमा ध्यान केन्द्र गर्न निर्देशन दिनु भयो । तालिम कार्यक्रममा शिक्षकहरुले समुहगत रुपमा कार्यशालाको अभ्यास गरी अन्तमा आ आफ्नो समुहको प्रस्तुतकरण गरेका थिए ।