मेलालाई मध्यनजर गर्दै दाङ प्रहरी र जिल्ला ट्राफिक प्रहरीले विशेष सुरक्षा चेकजाँचमा कडा

  माघ १०, २०८१     sikshya news

मेलालाई मध्यनजर गर्दै दाङ प्रहरी र जिल्ला ट्राफिक प्रहरीले विशेष सुरक्षा चेकजाँचमा कडा

 

सागर थापा
दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ ।

मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर खटिने नेपाल प्रहरी ट्राफिक प्रहरी टोलीले पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दह र लमही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार मन्दिर मेलामा माघे सन्क्रान्तीको दिनमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुमा र राजमार्ग सडकहरुमा समेत चौबिसै घन्टा मोबाइल गस्ती समेत परिचालन गर्ने डिएसपी थापाले बताए ।

नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतको नेतृत्वमा सयौं जनाको प्रहरी टोलि समेत परिचालन गरिएको छ ।

घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गते देखि नै विशेष टोलि परिचालन गर्ने दाङ प्रहरीले जनाएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर