राप्ती इञ्जिनियरिङ कलेजमा आई टी क्लव नयाँ कार्य समिति चयन

  असार २०, २०८१

१९, असार,घोराही । राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको भेलाले आईटी क्लव अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्य समिति गठन गरिएको छ । भेलाले क्लवको अध्यक्षतामा राजन भण्डारी, उपाध्यक्षमा आशिष के.सी, प्रशान्त गौतम, सन्तोष पौडेल, सचिवमा सन्देश आचार्य, सह सचिवमा समिर नेपाली, कोषाध्यक्षमा शर्मिला गिरी, सह कोषाध्यक्ष नविन जैशी, सदस्यहरुमा सचिन चौधरी, नगेन्द्र महतारा, सुजन चौधरी, एलिजा थापा, मिना पाण्डे, सुमित गौतम, यमुना वली चयन गरिएको थियो । भेलाले क्लवको कार्यक्रम अनसारका इन्चार्ज समेत तोकेको छ । जसमा विसिए तर्फ गोपेन्द्र यादव, विई कम्प्युटर सवित चौधरी र डिप्लोमा इन कम्प्युटर प्रेम प्रकाश दहाल रहेका छन् भने क्लवको सल्लाहकारहरुमा राहुल थापा, नवराज पोख्रेल, मनोज कुमार शर्मालाई चयन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले क्लवका काम, कर्तव्य र अधिकारका बारेमा प्रकाश पार्नु भएको थियो । डा.गिरीले क्लवले बार्षिक कार्य योजना तयार गरी नियमित कार्यक्रमहरु आइटी सम्बन्धी कार्यशाला गोष्टी, अन्तक्रिया र सेमीनारहरुको आयोजना गर्ने, विद्यार्थीहरुलाई विभिन्न प्रोजेक्टहरुमा काम गर्ने अवसर प्रदान गर्ने, प्रविधि मेला, आइटी कम्पनी , डेटा सेन्टर र अन्य प्राविधिक स्थानहरुको शैक्षिक भ्रमण गर्ने र आइटी संग सम्बन्धित रहेर कम्पिटिसनहरु गराउन सकिने बताउनु भयो ।
क्लव अध्यक्ष राहुल थापाको अध्यक्षता तथा कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरीले स्वागत मन्तव्य व्यक्त गदै क्लव गठनको उद्देश्यका बारेमा प्रकाश पान भएको थियो । त्यस्तै कलेजका निर्देशक मधुसुदन बैद्यले नव गठित समितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
नवगठित क्लवका अध्यक्ष राजन भण्डारीले प्रतिवद्धता मन्तव्य दिदै सबैको सहयोगले मात्र क्लवले रचनात्मक कार्य गर्न सक्ने बताएका थिए ।
कमचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण विसिए विभागिय प्रमख विश्वबन्ध थापाले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर