राप्ती इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको लागि आवेदन फाराम वितरण

  असार १७, २०८१

१६ घोराही, सर्रा । घोराही उपमहानगरपालिका वडा नं १६ सानीअम्बापुर सर्रा स्थित राप्ती इञ्जिनियपरिङ कलेजले शैक्षिक सत्र २०८१/ २०८२ को लागि तीन वर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ र १८ महिने सिभिल, इलेक्टिकल र बेसिक सर्भे (अमिन) इञ्जिनियरिङ कार्यक्रमको लागि आवेदन फाराम वितरण गरेको छ । कलेजले एक सुचना जारी गदै योग्यताक पुगेको विद्यार्थीहरुबाट २०८१ साउन १३ गते आइतबार आवेदन दिन सक्ने  जनाएको छ ।

कलेजले डिप्लोमा इन कम्प्युटर इञ्जिनियङिको प्रवेश परीक्षा संचालन २०८१ साउन १९ गते बिहान ७ः००बजे देखि र प्रि डिप्लोमा तहको प्रवेश परीक्षा २०८१ साउन १९ गते बिहान १ः००बजे देखि कलेजमा संचालन हुने हुनेछ ।

देशकै उत्कृष्ट नतिजा ल्याउन सफल लुम्बिनी प्रदेशको नमुना प्राविधिक कलेजको रुपमा विकसित भइरहेको यस कलेजमा पढने विद्यार्थीहरुको भविष्य सुन्दर हुने भएकोले विद्यार्थीहरुको रोजाइमा यो कलेज पर्दछ । अहिले यस कलेजबाट उर्तीण भएका अधिकांश विद्यार्थी रोजगारीमा रहेको कुरा कलेजको शैक्षिक बुलेटिनबाट पनि थाहा पाउन सकिन्छ । भर्खर मात्रै डिप्लोमा इन इञ्जिनियरिङ छैठौ समेष्टरको रिजल्टमा उत्कृष्ट रिजल्ट प्राप्त गर्न सफल भएको कुरा डिप्लोमा कम्प्युटर इञ्जिनियङि की विभागीय प्रमुख ईं सर्मिला दहितले बताइन ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्ध प्राप्त यस कलेजले २०६५ साल देखि डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, र २०७१ सालदेखि १८ महिनेसिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रम संचालन गदै आइ रहेकोछ ।

लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका, कलेज विद्यालय लगायत हरेका क्षेत्रमा यस कलेजबाट उत्पादित भएका विद्यार्थी हरु रोजगारीमा रहेकाछन । यस कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको सुचना अधिकारी करिना खडकाले बताइन ।

कलेज गत वर्षको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्ड २०२२ बाट पुरुस्कृत भएको छ । संयुक्त राज्य अरब इमिरेट्स  युएको दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी व्याचलर तहका इञ्जिनियरिङ कार्यक्रमहरुमा विई सिभिल, कम्प्युटर र विसिए संचालन गदै आइरहेकोमा शैक्षिक सब २०८१/ २०८२ बाथ व्यवस्थापन संकायको बिबिए कार्यक्रम संचालन गर्ने कलेजका प्रिन्सिपल रेशम गिरीले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया

थप खबर