१४ घोराही, दाङ । घोराही उपमहानगरपालिका आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा संचालन भएको ३ महिने कम्प्युटर तालिमको एक समारोहका बीच प्रमाण वितरण गरिएको छ ।
कलेज व्यवस्थापम समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशन डा.भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा भन्नाले स्तरीय जीवन यापनका लागि चाहिने गुणस्तरीय सीप र ज्ञान भन्ने बुझिन्छ । वर्तमानमा त्यो जीवनपयोगी शिक्षालाई प्राविधिक शिक्षा भन्ने चलन अझै व्यापक हुदै गएको बताउनु भयो । प्रबन्ध निर्देशक डा.गिरीले अहिले देशमा सबैभन्दा ठूलो आवश्यकता भनेको प्राविधिक तथा उत्पादनमुखी शिक्षा हो । देशको विकामा धेरै पछाडि हुने मुख्य कारण यही हो । यदि युवाहरुलाई प्राविधिक शिक्षा दिन सक्यो भने परनिर्भरताको अन्त्य र देश विकासको यात्रा शुरु गर्न सकिन्छ भन्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष डा.गिरीले अहिलेको युग भनेको प्राविधिक युग हो वर्तमानमा प्राविधिक शिक्षा पढ्दामात्रे आजका नानीहरु भोलिका कर्णधार हुन सक्छन भन्दै डा गिरीले शिक्षा आर्थिक विकासको प्रमुख आधार हो र देशको विकासमा प्राविधिक शिक्षाको भूमिका ठूलो छ र अहिले साधारण शिक्षा भन्दा प्राविधिक शिक्षाको महत्व निकै रहेकोले एसईई उर्तीण विद्यार्थीहरुर्ला प्राविधिक शिक्षा पढनको लागि आग्रह गर्नुभयो ।