घोराही दाड. । राप्ती इन्जिनियरिङ कलेजमा बिई सिभिल र बिसिए कार्यक्रममा सेमेष्टर अन्तिम परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि परीक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुले कुनै पनि परीक्षामा राम्रो अंक प्राप्त गर्नको लागि सेमेष्टर सुरु भएदेखि, परीक्षा सुरु हुनु भन्दा एक महिना अघि र परीक्षा चलिरहेको बेला के कस्ता कार्यहरु गर्ने, कसरी पढ्ने लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । साथै विद्यार्थी जीवनमा स्वास्थ्य, खानपिनसंगै आधुनिक अध्ययनशैलीलाई पनि अांगल्नुपर्ने कुरामा जोड दिनुभएको थियो । डा. गिरीले कलेजका विद्यार्थीहरुले नयाँ तरिकाले अध्ययन तरिकालाई परिवर्तन गर्न सबै विद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो । डा. गिरीले विद्यार्थीहरुले आफ्नो समग्र विकासको लागि आफु नै अग्रसर भएर लाग्न सके मात्र लक्ष्य प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो ।
यसै गरी कलेजका सहायक उप—प्राध्यापक ई. लोकेन्द्र डाँगीले आफुले डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, विई सिभिल पढ्ने बेलासम्म भागेका सम्पूर्ण गतिविधिहरुलाई आधारमानी विद्यार्थीहरुले अहिलेको अवस्थामा कसरी अध्ययन गरेर पढ्नु पर्छ भन्ने कुरामा विद्यार्थीहरुलाई सहज होस् भन्ने मुख्य उद्देश्उ राखेर उहाले सेमेष्टर अवधिमा विद्यार्थीहरुले विभिन्न चरणमा समुह विभाजन गरि अध्ययन गर्न सकेका आफूमात्र विद्यार्थी उत्तीर्ण गर्न सकिने बताउनु भएको थियो । डांगीले विद्यार्थीहरुले अहिलेको अवस्थामा स्मार्ट तरिकाले अध्ययन गर्ने बानीको विकासमा जोड दिनु पर्ने बताउनु भएको थियो । उहाँले विद्यार्थीहरु परीक्षा अघि, परीक्षा सकिए पछि र परीक्षा हलमा के कसरी गर्ने भन्ने कुरामा प्रशिक्षण दिनु भएको थियो ।
बिई सिभिल र विसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसूदन बैद्यले गर्नुभएको थियो ।