विदेशी विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने तयारीमा क्यानडा

  माघ ०४, २०८०

४ माघ, काठमाण्डौ । क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले विदेशी विद्यार्थीको सङ्ख्यालाई सीमित गर्ने संकेत गरेका छन् । क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या अत्यधिक धेरै भएपछि घटाउने तयारी गरेको छ ।

मन्त्री मिलरका अनुसार सङ्ख्या कटौतीबारे प्रान्तहरूसँग पनि कुराकानी भइरहेको र विभिन्न प्रान्तमा शैक्षिक संस्थाहरूको गतिविधिलाई गम्भीरताका साथ हेर्नुअघि सङ्घीय तहमा सङ्ख्या मिलाउन आवश्यक रहेको बताएका छन् ।

विदेशी विद्यार्थीको सङ्ख्या अत्यधिक बढेसँगै क्यानडाले आवास र रोजगारीको समस्यासँग जुधिरहेको बीबीसीले समाचारमा लेखेको छ । पछिल्लो दुई वर्षमा आवासको निरन्तर अभावले आवास भाडा २२ प्रतिशतले बढेको छ ।

उनले यस वर्षको पहिलो र दोस्रो त्रैमासिकमा आवासको माग घटाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या घटाउने सम्भावना रहेको बताए । मन्त्री मिलरले क्यानडामा भित्रिएको विद्यार्थीको सङ्ख्या नियन्त्रण बाहिर गएको बताउँदै ‘निराशाजनक’ भएको प्रस्ट पारेका छन् ।

क्यानडामा सन् २०२३ मा अहिलेसम्मकै उच्च करिब १० लाख विद्यार्थी भर्ना भएको र थिए । क्यानाडाको अध्यागमन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार क्यानाडामा भर्ना भएका विदेशी विद्यार्थीहरूको सङ्ख्या सन् २०१२ र २०२२ बीचमा १९३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो समाचार र फोटो बीबीसीबाट लिइएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर