घोराही । राप्ती इन्जिनियरिङ कलेज घोराही दाङलाई पोखरा विश्वविद्यालयबाट बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा समुह थपको सम्बन्धन प्राप्त भएको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को मिति २०८० असोज २४ गते निर्णय अनुसार राप्ती इन्जिनियरिङ कलेजलाई बिई कम्प्युटर कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) र बिई सिभिल कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) थप भर्ना लिने गरि सम्बन्धन दिईएको कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले जानकारी गराउनु भएको छ । कलेजले २०६६ सालदेखि नै पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी बिसिए र बिई सिभिल कार्यक्रम संचालन गदै आएको छ ।