नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ८० प्रतिशत अनुत्तीर्ण

  मङि्सर १०, २०८०

१० मंसिर , काठमाण्डौ । नेपाल नर्सिङ परिषद्को ३४औँ नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशतभन्दा बढी नर्स अनुत्तीर्ण भएका छन्। शनिबार सञ्चालन भएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षामा पीसीएल नर्सिङतर्फ सहभागी १ हजार २७० जना मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन्।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार शनिबार नै सञ्चालन भएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन्। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३)  प्रतिशत उत्तिर्ण भएका छन्।

लाइसेन्स परीक्षा शनिबार विहान ९ देखि ११ : ३० सम्म नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारामा सञ्चालन भएको थियो।

 

तपाईंको प्रतिक्रिया

थप खबर