अनुसन्धानका लागि प्रस्ताव माग

  कार्तिक २३, २०८०

२३ कार्तिक/ काठमाडौँ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) समवृद्धिका लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत नवप्रवर्तन सहित प्रविधिको अनुसन्धान र विकास प्रस्ताव आह्वान गरेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को प्रविधि संकायले आ।व।२०८०/८१ का लागि नेपाललाई आवश्यक पर्ने नवीनतम प्रविधि विकाश गर्न वा प्रविधिहरूलाई सुधार गर्नको लागि प्रतिभाशाली नेपाली नागरिकहरूको पहिचान गरि उनिहरूका नविनता सहितको वैज्ञानिक प्रविधि विकास गर्न सहकार्य गर्ने कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।

यसका लागि नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूले गर्न चाहेको परियोजनाको प्रस्ताव सहितको निवेदन यस प्रतिष्ठानको खुमलटार, ललितपुर स्थित केन्द्रीय कार्यालयमा दर्ता गराउनु सकिने छ ।

साथै प्रस्ताव बढीमा १५ पृष्ठ सम्मको हुनु पर्ने र उक्त प्रस्ताव नास्टको होम पेजमा दिइएको ढाँचा अनुसार नेपालीहरूको समस्याहरूलाई सम्बोधन गरि समाधान दिने खालको हुनु पर्नेछ । प्रस्तावमा उल्लेखित बजेट बढीमा दश लाख नबढाई हुनु पर्नेछ । छनौट भएका प्रस्तावकहरूलाई १ वर्षको कार्य अवधि दिइनेछ । प्रस्तावकहरूले प्रस्तावका साथै एक प्रति नागरिकताको प्रतिलिपि र बढीमा २ पृष्ठको व्यक्तिगत विवरण (बायोडाटा) पनि यस प्रतिष्ठानमा पेस गर्नु पर्नेछ ।

प्रस्तावको लागि अनुसन्धानका प्राथमिक क्षेत्रहरू

कृषि प्रविधि तथा यान्त्रिकीकरण, खाद्य प्रविधि, सूचना तथा प्रविधि, उर्जा तथा यातायात, सहरी विकास, उदयमान प्रविधि, प्राकृतिक श्रोत साधनको उपयोग, वातावरण एवं जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा विद्यमान समस्याहरूको समाधानको लागि आवश्यक पर्ने प्रविधिहरूको विकास गर्नु हो । अनुसन्धानको उद्देश्य माथि उल्लेखित क्षेत्रहरूमा नयाँ प्रविधि विकाश गर्ने वा विद्यमान प्रविधिहरूको सुधार गर्ने हुनुपर्ने छ ।

प्रस्ताव सम्बन्धी विस्तृत जानकारीको लागि प्रतिष्ठानको वेबसाइट www.nast.gov.np मा हेर्न सकिने छ । थप जानकारीको लागि Email : Mtechnology@nast.org.np or nastawardprize@gmail.com फोन नं। ५५३०८८१ र ५५४७७१५ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।खवरएजुकेशन

तपाईंको प्रतिक्रिया

थप खबर