सिस्ने गाउँपालिकाद्वारा विद्यालय अनुगमन तथा भेटघाट

  असोज २२, २०८०

रुकुमपूर्व । सिस्ने गाउँपालिकाद्वारा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकाे सिस्ने गाउँपालिका वडा नम्बर १ स्थित नवज्योति मावि बल्लेचौरमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गाेपाल रेउले, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख मंगल शिंह बुढा, १ नम्बर वडा अध्यक्ष रज बहादुर बुढा लगायतको उपस्थितिमा विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रम गरिएको हाे । उक्त विद्यालय अनुगमन तथा भेटघाट कार्यक्रममा विद्यालयकाे समग्र भौतिक तथा प्राविधिक समस्याको बारेमा छलफल गरिएको छ ।
नवज्योति मावि बल्लेचौरका प्रधानाध्यापक घनशिङ केसीले विद्यालयमा फिल्डकाे अभाव थप विद्यालय भवनको अभाव शिक्षक दरबन्दीकाे अभाव तथा विद्यालयकाे समग्र समस्याहरु राख्नुभएको थियो ।सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले उक्त विद्यालयकाे समस्याहरुलाई प्राथमिकताकाे आधारमा गाउँपालिका बाट हुन सक्ने बजेट गाउँपालिका र प्रदेश तथा संघबाट हुन सक्ने बजेट संघ तथा प्रदेश बाट गाउँपालिकाले पहल गर्ने बताउनुभएको छ ।

त्यस्तै उक्त टिमले सिस्ने स्वास्थ चौकी सिस्ने १ मा पनि अनुगमन तथा भेटघाट गरेको छ । त्यहा पनि विभिन्न समस्याहरु बर्थिङ सेन्टर, स्वास्थ्यकर्मीहरुकाे अभाव जस्ता समस्याहरु रहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर