दाङ जिल्ला उद्योग वाणिज्य संघको १९ औ साधारणसभा सम्पन्न

  असोज ०६, २०८०

दाङ,६ असोज ।

राज्यको नीतिको कारण दिन प्रतिदिन व्यवसायी पलायन हुने बढदै गएको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको १९ औ साधारण सभाको उद्घाटनमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । राज्यको नीतिका कारण व्यवसाय गर्ने बातावरण हुन नसक्दा व्यसायीहरु पलायन हुने क्रम वढेको उनीहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक क्षेत्र विकराल अवस्थामा रहेको बताए । यसलाइ सबै मिलेर समाधान गर्नु पर्ने उनको भनाइ रहेको थियो । आर्थिक क्षेत्र चलायमान हुन नसक्दा समस्या भएको उनले बताए । ‘अहिले धेरै उद्योग व्यवसाय वन्द अवस्थामा रहेका छन्’ उपाध्यक्ष वैद्यले भने । अहिले ३० प्रतिशत मात्रै उद्योग व्यवसायहरु मात्रै सञ्चालनमा रहेको उनले बताए । ‘पछिल्लो समय ७० प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा छैनन’ उपाध्यक्ष वैद्यले भने ।
घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले देशमा नै केही गर्नु पर्दछ भन्ने बातावरण सृजना गराउन लाग्नु पर्ने बताए । विश्वास गर्ने वातावरण नहुदा समस्या रहेको उनको भनाइ रहेको छ । ‘अहिले विश्वास गर्ने वातावरण नहुदा विदेशीले वढदै गएका छन्’ नगरप्रमुख चौधरीले भने । युवाहरुलाइ उद्यम शिलतामा जोडन नसकिएको बताए । उद्यम शिलतामा नजोडिदा सम्म देशमा उत्पादन समेत नवढने उनको भनाइ रहेको छ । ‘देशलाइ आत्म निर्भर वनाउन उत्पादनमा जोडिनु पर्दछ ’ नगर प्रमुख चौधरीले भने । नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रको समस्याका बारेमा राज्यले वुझन नसकेको बताए । कुनै उद्योगी व्यवसायीहरुको मुखमा हासो छैन्’ अध्यक्ष शर्माले भने । उद्योगी तथा व्यवसायीहरु समस्याका कारण मुखमा हासो हराएको उनको भनाइ रहेको छ ।
संघका पुर्व अध्यक्ष मधुसुदन वैद्यले राज्ले अभिभावको भुमिका खेल्नु पर्ने बताए । राज्यले सहयोग नगर्दा व्यसाय क्षेत्र वाट पलायन हुने वढदै गएको उनको भनाइ रहेको थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, हापुर उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्री, गैराकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक सापकोटा, घोराही खानेपानी संस्थाका अध्यक्ष देवीवहादुर डि सी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल के सी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । भने कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर