देउखुरीमा मोटरसाईकल दुर्घटनाः दुई जना गम्भीरT

  असार ०, २०७

दाङको देउखुरीे मौरीघाटमा दिउँसो दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ८८१७ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ०७०८ नम्बरको मोटरसाइकल आज बुधबार दिउँसो करिब ४ बजेको समयमा एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ४ प ८८१७ नम्बर मोटरसाइकल चालक राप्ती गाउँपालिका–२, कटेसनाला निवासी बर्ष १५ का सौगात परियार, सोही मोटरसाइकलमा सवार सोही ठाउँ निवासी बर्ष २० का हरिकृष्ण कुमाल, प्रदेश २–०३–०२१ प ०७०८ नम्बरका मोटरसाइकल चालक राप्ती गाउँपालिका–८ पिपरा निवासी बर्ष ३० का शुशिल चौधरी र सोहि मोटरसाइकलमा सवार सोही ठाउँ निवासी बर्ष ३० कै चुडामणि चौधरी घाइते भएको प्रहरी चौकी मसुरियाका प्रहरी प्रमुख शत्रुधन उपाध्यायले जानकारी दिनुुभयो ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते हुनेमा पिपराका चुडामणि चौधरी र कटेसनालाका कृष्णहरि कुमाल रहेको प्रहरीले जनाएको छ । चुडामणिको बायाँ हात र बाँया आँखामा चोट लागेको छ भने हरिकृष्णको निधार र नाकमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबैको मौरीघाट स्थित देउखुरी स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी चौकी मसुरियाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर