सर्वहारा नेत्यूत्व को राजनिती गर्छु भन्दै हरेक ठाउमा भाषण गर्दै हिड्ने मेयर सर्बहारा वर्गको अटो रिक्सा हरु को समस्या अहिल्य सम्म मिलेको छैन रिक्साहरु दिन भर कामगरेर साझ खानाको जोगो गर्न अटोवालाहरु पिडामा परेको समस्या कहिल्य हुन्छ
उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले यो बर्ष विकास निर्माणमा खासै तरक्की गर्न नसकिने बताएका छन् ।
‘हामीले यो बर्ष राजश्व करीब ३५ करोड उठाउन सक्ने अनुमान छ, ३० करोड त तिर्नै छ, बाँकी ५ करोडले के गर्न सकिएला’, बधाइ तथा सम्मान कार्यक्रममा खड्काले भने– ‘यो आर्थिक बर्ष विकास निर्माणको भन्दा नीति निर्माणको बर्ष हुनेछ ।’ चालु आर्थिक बर्षमा बजेट प्रषेपण यथार्थ धरातलभन्दा बाहिर गएर गरिएका कारण तुलसीपुर उपमहानगरपालिका दायित्वले चुर्लुम्म डुबेको छ । दुई महिनाअघिको तथ्यांकमा उपमहानगरपालिकाले निर्माण व्यवसायी एवं उपभोक्ताहरुलाई काम सम्पन्न गरिसकेको करीब ६० करोड रुपैयाँ जति भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।
नगर प्रमुख खड्काले व्यवसायीहरुलाई लगाइँदै आएको करमा उपमहानगरपालिकाले केही संशोधनसहित पुनर्विचार गर्ने समेत संकेत गरे । ‘हामीले करको दर बढाउने छैनौं, दायरा फराकिलो बनाउन हाम्रो प्राथमिक पहल हुनेछ’, खड्काले भने । आफूले आगामी बर्षका लागि बजेट प्रक्षेपण गर्दा राजश्व परामर्श समितिको आधिकारिक तथ्यांकलाई मनन् गर्ने र त्यसमा व्यवसायीहरुलाई पनि आफूले समितिमा आमन्त्रित सदस्यमा राखेको अभिव्यक्ति दिए ।
त्यसैगरी बिजौरी क्षेत्रको समृद्धिका लागि रोल्पा दहवन–बिजौरी–जलकुण्डी सडकको सुत्रधार नै आफू भएकाले विशेष प्राथमिकतामा राख्ने पनि बताए । आफै राष्ट्रिय योजना आयोगसम्म पुगेर यो सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक सडकका रुपमा राखेर क्रमांगत योजनामा राख्न सफल भएको समेत उनले बताएका छन् । बिजौरी उद्योग वाणिज्य संघको सभाहलसहितको भवन निर्माणमा आफूलगायत यस क्षेत्रका ४ वटै वडा लागिपर्ने भएकाले त्यसमा ढुक्क हुन पनि व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
‘क्वालिटी, क्वीक, क्लीयर एण्ड क्लिन हाम्रो मिशन हो, हामीले पनि गर्न सकेनौं भने तुलसीपुरमा अरु कसैले गर्ने छैन’, उपप्रमुख चौधरीले भनिन् । उनले आर्थिक असमानताका कारण यहाँ महलमा बस्ने पनि दुःखी भएको तथा रोडमा बस्ने पनि दुखी भएको बताइन् । यसलाई हटाउन असमानताको ग्याप घटाउनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१६ का अध्यक्ष शिवानन्द डाँगीले आफू किसानको छोरा भएकाले कृषिको समृद्धिमा विशेष ध्यान दिने बताए । कृषिको मुख्य आधार भनेको सिँचाइ र किसानलाई समयमै रसायनिक मल उपलब्ध गराउनुपर्ने बताउँदै सिँचाइको समस्या समाधान गर्न अनियन्त्रितरुपमा नदीजन्य पदार्थको दोहन रोक्न आफूले हरसम्भव प्रयास गर्ने बताए । उनले बिजौरी उद्योग वाणिज्य संघका माध्यमबाट मानपुर बजारलाई पनि व्युझाउनुपर्ने उनको सुझाव थियो ।