नवनिर्वाचित जनप्रतिनिधिहरुले बिहिवार एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण

  जेठ ०६, २०७

रोल्पा । रोल्पाका नवनिर्वाचित जनप्रतिनिधिहरुले बिहिवार एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

जिल्लाका एक नगरपालिकाका प्रमुख तथा नौँवटा गाउँपालिकाका अध्यक्ष गरी दशजना स्थानीय तहका प्रमुखहरुलाई रोल्पाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले सपथ ग्रहण गराउनु भएको हो।

सपथ लिएका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सम्बन्धित स्थानीय तहमा गइ नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने बताइएको छ।

रोल्पामा बुधबार बिहान निर्वाचनको मत गणना कार्य सम्पन्न भएसंगै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको थियो।

रोल्पाका दश स्थानीय तहमध्ये एक नगरपालिका सहित ७ वटा स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष सहित ४८ वटा वडामा नेकपा (माओवादी केन्द्र) बिजयी भएको छ भने नेपाली काङ्ग्रेसले २ वटा स्थानीय तहमा अध्यक्ष र ३ उपाध्यक्ष गरि १४ वटा वडामा बिजयी भएको छ र नेकपा एमालेले १ पालिका अध्यक्षसहित ८ वटा वडा अध्यक्षमा बजयी भएको छ।

यसैगरी नेकपा (एकीकृत समाजबादी)ले एक वडा र स्वतन्त्र एक वडामा बिजयी भएका छन

तपाईंको प्रतिक्रिया

थप खबर