नेपाली काङ्ग्रेस घाेराही नगर समितिले वडा सभापतिहरूलाई माेवाइल सेट र सिम कार्ड वितरण गरेकाे छ । आज शुक्रबार घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी नगर समितिले वडा नं. १ देखि १९ सम्मका वडा सभापतिहरूलाई वितरण गरेकाे हाे ।
वडा सभापतिहरूलाई ९८५७८५२४०१ देखि ९८५७८५२४१९ सम्मका सिमकार्ड वितरण गरेकाे हाे । सिमकार्ड वडा नं. अनुसार वितरण गरिएकाे छ ।
नगरसभापति तिलक रावतकाे अध्यक्षता तथा जिल्ला सभापति शंकर डाँगीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । साथै कार्यक्रममा वडा सभापतिहरूलाई वडाका लागि मास्क प्रदान गरिएकाे थियाे ।
माघ ९ गते नगरकाे आयाेजनामा घाेराहीकाे सहिद गेटमा मास्क वितरण गर्ने र माघ १३गते १९ वटै वडाकाे सदरमुकाममा दिनकाे १२ बजे देखि १ बजेसम्म काेरानासम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिने भएकाे छ ।
महाधिवेशन प्रतिनिधि भुपबहादुर डाँगी र जिल्ला सचिव अर्जुन याेगीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरूले पार्टीलाई संगठनात्मक तथा सुदृढीकरण बनाउँदै लैजानेमा जाेड दिएका थिए । कार्यक्रममा जिल्ला सदस्य प्रकाश सुवेदी, खेम बिक, तुलसी राना, महाधिवेशन प्रतिनिधि बद्री खड्का, प्रदेश प्रतिनिधि ध्रुव केसी, वडा नं. ७ का इकाइ सभापति कर्ण बहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगर सचिव पुष्पराज आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
नगर उपसभापति दुर्लभ केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिज भीमकान्त चाैधरीले गरेका थिए ।