लक्ष्मण बस्नेत असोज ९ / दाङ तुलसीपुरको टरिगाउँमा शनिवारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ । टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डे ले खेलकुद क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्ने बताएका छन् । खेलकुद राष्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्यकोरुपमा बिकास गर्न सके देश समृद्धिको दिशातर्फ उन्मुख हुने उनको भनाई थियो । साथै उनले यसका लागि सबैको चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताए ।
टरिगाउ युवा क्लबका अध्यक्ष कबिन रजौरेको अध्यक्षता भएको कार्यक्रममा बिशिस्ट अतिथीद्वय दाङ जिल्ला फुटबल संघ अध्यक्ष सुशील श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी श्याम लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबका सचिब शिव बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।
यसैबीच प्रतियोगिता अन्तरगत शनिवार भएको उद्घाटन खेल आयोजक टरिगाउ युवा क्लबले बिजयी सुरुवात गरेको छ । उल्लेख्य दर्शकले खचाखच भरिएको खेलमैदानमा भएको रोमाञ्चक अनि शानदार खेलमा रोयल बिजौरीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै टरिगाउ युवा क्लबले बिजयी सुरुवात गरेको हो । टरिगाउका तर्फबाट जर्सी न ७ का खेलाडी अर्जुन नेपालीले खेलको ३० औ मिनेटमा गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाए भने ८६ औ मिनेटमा थप गोल गर्दै दुई सुन्यको जित दिलाउन सफल भए ।
प्रतियोगिता अन्तरगत आईतबार बिहान सात बजे ज्ञान ज्योती तुलसीपुर र बबई युथ क्लब कचिला भिड्नेछन् । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिए ।
तुलसीपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा जारि प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न ।